होलीको अवसरमा शिकार विरोधी सचेतनता गर्दै बन विभाग

43f19f10-7a61-49ff-936d-ab37464cb165

कालचिनीः होलीको छेकमा नै आदिवासी परम्परा मुताबिक जंगलमा शिकार खेल्ने परम्परा रोक्न बन विभागले आदिवासी जनजातिमाझ सचेतना गर्ने क्रममा शनिबार बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेका विभिन्न चियाबारी औ गाउँ बस्तीहरूमा शिकार विरोधी सचेतना अभियान चलाएको बक्सा ब्याघ्र प्रकल्पका अधिकारीहरुले जनाएका छन्।
शनिबार यसै क्रममा कालचिनी खण्डको चिञ्चुला, भाटपाड़ा, कालचिनी आदि गाउँहरूमा बन विभागले माइकिङ गर्दै वन्यजीव शिकार एउटा दण्डनिय‌ अपराध रहेको र वन्यजीव शिकार गर्न नहुने भन्दै सचेतनता कार्यक्रम गरेको थियो। यस क्रममा वन्यजीव औ जंगली पशु पक्षीको‌ शिकार गर्न नहुने र यदि‌ यसमा कसैलाई पनि समातिए नछोड़ीने माइकिङ मार्फत बताईएको थियो। ज्ञात रहोस, डुवर्सको आदिवासी परम्परा मुताबिक होलीको समय जंगलमा वन्यजीवको शिकार गर्ने अभ्यास रहेकोले यसलाई नियन्त्रणमा ल्याउन बन विभागले भरसक प्रयास चलाउँदै‌ आईरहेको छ। होलीको बेला यदि यसप्रकारको मामिला देखिए यसलाई कानुनी अपराधको रुपमा लिईने बन विभागले चेताउनी पनि दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *