राष्ट्रिय महिला आयोगद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा महिला सशक्तिकरणबारे मिडिया र मनोरञ्जनको भूमिकाबारे चर्चा आयोजना

00-1-image001F28N

नयाँ दिल्ली: राष्ट्रिय महिला आयोगले नेटफ्लिक्ससँगको सहकार्यमा अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा महिला सशक्तिकरणमा मिडिया र मनोरन्जनको भूमिकाबारे हिजो विशेष चर्चा कार्यक्रम आयोजना गरेको छ। दुई प्यानल छलफलले उद्योग, शिक्षाविद्, गैरसरकारी संस्थाहरू, महिला कलाकार र निर्देशकहरूका केही प्रतिष्ठित व्यक्तित्वहरूलाई एकै ठाउँमा ल्याए, जसले महिला सशक्तिकरणको गाथालाई आकार दिन कथा कथनको भूमिकामा आफ्नो दृष्टिकोण साझा गरे।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले भनिन्, ‘सिनेमा ठूलो परिमाणमा परिवर्तनको अभिकर्ता बन्न सक्छ, तर जबसम्म महिलाको आवाज र कथालाई हामीले स्वीकार गर्दैनौँ, तबसम्म उनीहरुको पूर्ण क्षमतालाई साकार पार्न सक्दैनौँ। लेखन, निर्देशन, निर्माण र अभिनय लगायत चलचित्र उद्योगका सबै पक्षहरूमा महिलाको सहभागिताले महिलाहरूलाई जताततै प्रेरणा र प्रोत्साहन मात्र गर्दैन, तर सबैका लागि थप निष्पक्ष र समावेशी भविष्यको घोषणा पनि गर्छ। यस एनसीडब्ल्यु-नेटफ्लिक्स सहकार्य मार्फत हामीले फिल्ममा महिलाहरूको अद्भुत क्षमताहरूलाई प्रकाश पार्ने लक्ष्य राख्छौं ताकि आउने पुस्ताले उनीहरूको आवाज सुन्न, उनीहरूका अनुभवहरू बारे जान्न र उनीहरूले हासिल गरेका कुराहरूबाट प्रेरित हुन सकून्l’

तान्या बामी, हेड अफ सिरिज, नेटफ्लिक्स इन्डिया, महिलाहरूलाई अगाडि बढ्न सहयोग गर्नको लागि कथा कथनको भूमिकाबारे छलफल गर्छिन्। महिला सशक्तीकरणमा मिडिया र मनोरन्जनको भूमिका सम्बन्धी प्यानल छलफलबाट सुरु भएको दिनभरको कार्यक्रम थियो। प्यानलमा अभिनेत्री र निर्माता हुमा कुरैशी, आईआईएम इन्दौरका निर्देशक हिमांशु राई, एमपी पुलिस एआईजी आईपीएस वीरेन्द्र मिश्रा, भारतीय स्त्री शक्तिकी अध्यक्ष नयना सहस्रबुद्धे, ब्रेकथ्रु इन्डिया प्रियंका खेर र मोशन पिक्चर्स एसोसिएसनका अध्यक्ष उदय सिंह थिए।

‘उनको कथा, उनको आवाज: मिडिया र मनोरञ्जनमा महिलासँग संवाद’ शीर्षकको दोस्रो प्यानल छलफलले मनोरञ्जन उद्योगमा महिला प्रतिनिधित्वलाई कसरी प्रवर्द्धन गर्ने भन्ने बारे अन्तरदृष्टि प्रदान गर्‍यो। प्यानलमा अभिनेत्री र निर्देशकहरू थिए जसले आफ्ना कथाहरू मार्फत बलियो, प्रगतिशील र सक्षम महिलाहरूलाई चित्रण गर्ने उत्कृष्ट कामका लागि परिचित छन्। प्यानलमा रसिका दुगल (दिल्ली क्राइममा उनको भूमिकाका लागि चर्चित भारतीय अभिनेत्री), जसमीत के. रीन (निर्देशक, डार्लिंग्स), मृण्मयी लागू वैकुल (थप्पडका निर्देशक), प्राजक्ता कोली (भारतीय युट्युबर र अभिनेत्री, नेटफ्लिक्स श्रृंखला मिसम्याच्डमा उनको भूमिकाका लागि परिचित)। तान्या बामी, हेड अफ सिरिज, नेटफ्लिक्स इण्डियाले प्यानलमा स्ट्रिमिङ सेवाको प्रतिनिधित्व गरिन्। सत्रको संचालन चलचित्र समीक्षक सुचरिता त्यागीले गरेका थिए। -पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *