दिउँसै फुलबारीमा चोरी

IMG-20230304-WA0193.jpg

सिलगढी: फुलबारी नम्बर २ ग्राम पञ्चायतको चुनाभटी क्षेत्रमा शनिबार दिउँसो १२ बजेतिर चोरहरूको समूहले घरको ताला खोलेर घरभित्र पसेर सुनका गरगहनासहित पैसा चोरेका छन्। सूचना पाएपछि नयाँ जलपाइगढी थानाको पुलिस घटनास्थलमा पुग्यो। त्यतिबेला घरका सबै जना चिकित्सककहाँ चेकअप गर्न गएको बताइएको छ। घर खाली भएको फाइदा उठाउँदै चोरहरूको समूह घरभित्र पसे। केही घण्टामै चोरले घरमा तोडफोड गरेका थिए। घर फर्किएपछि घरको अवस्था देखेर घरधनी रुन थाले। प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *