घुम: दार्जिलिङ हिमालयन रेलवेको ट्रोय ट्रेनको ईञ्जिन दार्जिलिङको घुममा डिरेल भएको छ। उक्त ट्रोय ट्रेन दार्जिलिङतर्फ गईरहेको समय घुममा आईपुग्दा रेलको ईञ्जिन लीगबाट डिरेल भएको बताइएको छ। रेल डिरेल भए पनि कसैलाई केही नभएको जानकारी प्राप्त भएको छ। विशेष गरी यो ट्रोय ट्रेनको ईञ्जिन घुमदेखि दार्जिलिङतर्फ लगिरहेको बताइएको छ।