पूर्वी सिक्किममा नागरिक कल्याण कार्यक्रम उद्घाटन

00-1-08a55ad2-3ea4-41a1-bcba-f4edee2d30e2

गान्तोक: सशस्त्र सीमा बल ६९ बटालियन रम्फूद्वारा ६९ बटालियनका कमाण्डेन्ट मुकेश कुमार सिंह मुण्डाको निर्देशनअनुसार गएको २ मार्चमा सामुदायिक हल रोङ्ली, पूर्वी सिक्किममा नागरिक कल्याण कार्यक्रमको उद्घाटन गरियो। यस लोककल्याण कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बलवान सिंह, डिप्टी इन्स्पेक्टर जनरल, क्षेत्रीय मुख्यालय, गान्तोकले दीप प्रज्वलन गरेर गरेका थिए। भारत सरकारको कल्याणकारी योजनाअन्तर्गत सीमा क्षेत्रमा बसोबास गर्ने युवाहरूलाई रोजगारीको अवसर सिर्जना गरी आत्मनिर्भर बनाउने उद्देश्यले कम्प्युटर, जैविक खेती र मोटर ड्राइभिङ तालिम जस्ता विभिन्न सीप विकास तालिमहरू समावेश गरिएको छ। यस तालिमबाट कुल १२५ प्रशिक्षार्थी लाभान्वित हुनेछन्। कुमार प्रधान, सह-निर्देशक शिक्षा विभाग, पीआर दुलाल, सडक यातायात अधिकारी, पाक्योङ, मोहित प्रधान, उप-विभागीय पुलिस अधिकारी, रोङ्ली, श्रवणराज ढकाल, ब्लक विकास अधिकारी, रिगु, अन्य स्थानीय महानुभावहरू र एसएसबीका अधिकारी र जवानहरू उपस्थित थिए। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement