मनिष सिसोदियाको सीबीआई हिरासत दुई दिन थपियो

00-1-Manish-Sisodia-APP-Leader-Delhi

नयाँ दिल्ली: दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियाले आज पनि जमानत पाउन सकेनन्। अदालतले उनको सीबीआई हिरासत दुई दिन थप गरेको छ। अदालतले उनको जमानत याचिकामा १० मार्चमा पुन: विचार गर्ने जनाएको छ। यसै क्रममा आज मनिष सिसोदियाले आफैंले न्यायाधीश समक्ष सीबीआईको उजुरी गरेका छन्। सीबीआईले सोधपुछको नाममा यातना दिएको उनले आफैंले न्यायाधीशलाई बताए। यसैबीच, सीबीआईले सिसोदियाको रिमान्ड तीन दिन थप गर्न माग गरेको छ। सिसोदियाले अनुसन्धानमा अझै सहयोग नगरेको सीबीआईले जनाएको छ। उनले रक्सी घोटालाका अन्य अभियुक्तहरूको सामना गर्नुपर्नेछ। यसमा न्यायाधीशले सोधे, ‘अब सिसोदियालाई कसको अगाडि लैजाने हो, सीबीआईले बताउनु पर्छl’ सोही क्रममा सिसोदियाका वकिलले सीबीआई रिमाण्डको मागको विरोध गरे।

सीबीआईले सिसोदियाको हिरासत तीन दिन बढाउन माग गरेको छ। त्यसपछि विशेष सीबीआई अदालतका न्यायाधीश एमके नागपालले सोधे, ‘किन? अब के बाँकी छ?’ यसबारे सीबीआईले भन्यो, ‘सिसोदियालाई दैनिक साँझ ८ बजेसम्म सोधपुछ भइरहेको छ, तर उनले अझै उचित जवाफ दिइरहेका छैनन्। सिसोदियाले अनुसन्धानमा सहयोग गर्दैनन्l’

सिसोदियाको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता दयान कृष्णनले रिमाण्डको मागको विरोध गरे। सिसोदियाले अनुसन्धानमा सहयोग नगरेको भन्दै हरेक पटक हिरासतमा लिन मिल्दैन भन्ने उनको भनाइ छ। यसबारे अदालतले अब जमानत आवेदनको सुनुवाइ १० मार्च दिउँसो २ बजे हुने बताएको छ। यससँगै अदालतले सीबीआईलाई बचाव पक्षको तर्कको जवाफ पेश गर्न भनेको छ। मनिष सिसोदियाले पनि अदालतमा आफ्नो बयान दिए। उनले आफैंले न्यायाधीशलाई सीबीआईले बारम्बार एउटै प्रश्न सोधेर दुर्व्यवहार गरिरहेको बताए। उनले सीबीआईले सोधपुछको बहानामा यातना दिएको आरोप लगाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement