अनित थापाद्वारा खरसाङको गौरी शंकर अन्तर्गत स्कूल डाँड़ादेखि डाँड़ा गाउँसम्म पुग्ने रोडको शिलान्यास

IMG-20230304-WA0171.jpg

खरसाङ: खरसाङ गिद्ध पहाड समष्टि अन्तर्गत गौरी शंकर चियाबारीको स्कूल डाँडादेखि डाँडा गाउँसम्म पुग्ने बाटोको शिलान्यास कार्य सम्पन्न भयो। उक्त शिलान्यास जीटीएको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट गरिएको छ भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ गिध्द पहाड़ समष्टीको सभापति पेमेन्द्र गुरुङले पूजा अर्चना साथै नरियल फुटाएर शुरुवात् गरेका थिए। खरसाङ ईञ्जिनियरिङ विभागबाट गौरी शंकर चियाबारी अन्तर्गत स्कूल डाँडादेखि डाँड़ा गाउँसम्म पुग्ने लगभग ७०० मीटर लामो सड़क निर्माणको लागि शिलान्यास गरिएको छ। खरसाङ बजारदेखि नजिकै रहेको डाँड़ा गाउँसम्म पुग्ने सड़क अहिलेसम्म पनि बनिएको थिएन अनि बजारको नजिकमा भए पनि सड़क नभएर स्थानीयहरूले धेरै असुविधा झेल्नु परिरहेको थियो। आज उक्त क्षेत्रमा सड़क निर्माण कार्यको लागि शिलान्यास भएपछि स्थानीयहरूले खुशी व्यक्त गरेका छन्। यो सडक निर्माण कार्यको शिलान्यास कार्यमा भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, खरसाङ गिध्द पहाड़ समष्टीको सभापति पेमेन्द्र गुरुङ, सचिव भक्तिमान तामाङ, नारी शक्तिको केन्द्रीय सभापति अनु प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त शिलान्यास कार्य विषयमा भागोप्रमो खरसाङ गिध्द पहाड़को सचिव भक्तिमान तामाङले पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ बजारदेखि नजिकै रहेको गौरी शंकरको स्कूल डाँड़ादेखि डाँड़ा गाउँसम्म पुग्ने रोड निर्माणको लागि आज शिलान्यास कार्य सम्पन्न गरिएको बताएका छन्। उनले खरसाङ बजारदेखि नजिकै रहेको ठाउँ भए पनि अहिलेसम्म यस क्षेत्रमा रोड नभएर स्थनीयहरूलाई धेरै असुविधा भईरहेको थियो र स्थानीयहरूका लामो समयदेखि मांग अनुसार आज जीटीएको मुख्य कार्यपाल अनितलको सहयोग यहाँ रोड निर्माणको लागि शिलान्यास भएको छ र सम्मूर्ण समष्टीको पक्षबाट जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गरेका छन्।

समष्टी सचिव भक्तिमान तामाङले आगामी दिनमा पनि खरसाङ गिध्द पहाड़ समष्टीमा रहेको विभिन्न समस्याहरू अझैं पनि जीटीए मुख्य कार्यपाल अनित थापाले समाधान गरिदिने आशा रहेको बताएका छन्। यसै अवसरमा स्थानीय एकजना महिलाले आफु यस क्षेत्रमा रोड ल्याउन भनेर सुवास घिसिङक पालोमा राजनीतिमा आएको तर नभएको अनि बिमल गुरुङको समयमा पनि रोडकै लागि लागि परेको तर फेरि हुन सकेन भन्दै यसपाली चुनावमा अनित थापाले सबैले भोट दिएर जिताएको खण्डमा रोड बनाई दिने वचन दिएका थिए र आज त्यो पूरा भयो भनी बताइन्। उनले रोड बनिए सबैलाई सुविधा हुने पनि बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement