नेपालमा हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै प्रदर्शन

00-Nepal-Hindu-Rashtra-demand

काठमाडौं: काठमाडौंमा संघीयता खारेज गर्ने र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन गरेको छ। शनिबार व्यवसायी दुर्गा प्रसाई नेतृत्वको महा अभियानले काठमाडौंको माइतीघरमा भेला भएर नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन्। दुर्गा प्रसाईँले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, ब्यांक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन शुरु गरेका हुन्। पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट शुरु भएको आन्दोलन भैरहवालगायत देशका विभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आईपुगेको छ।

About Author

Advertisement