नयाँ दिल्ली: भारतीय नौसेनाले शुक्रबार एक निजी भारतीय उद्योगद्वारा पहिलो पटक निर्मित पानीमुनि रकेट आरजीबी ६० को लागि पूर्ण स्वदेशी फ्यूज वाईडीबी-६० प्राप्त गर्यो। हतिय्रा र गोलाबारूदमा आत्मनिर्भरतालाई प्रमुखतासित प्रोत्साहन दिनका लागि भारतीय नौसेनाले पहिलोपल्ट एक निजी निर्माता मेसर्स इकोनॉमिक एक्सप्लोसिव्स लिमिटेड (ईईएल), नागपुरबाट प्रमुख युद्धपोतहरूमा उपयोग गरिने अन्डरवाटर एन्टी सबमरीन वारफेयर (एएसडब्यू्स) रकेट आरजीबी-६० को लागि पूर्ण रुपले स्वदेशी फ्यूज वाईडीबी-६० प्राप्त भएको छ। यो पहिलो पटक हो, भारतीय नौसेनाले भारतीय निजी उद्योगलाई पानीमुनि गोला बारुद फ्यूजको आपूर्ति अर्डर गरेको छ। मेसर्स ईईएल नागपुरका सीएमडी सत्यनारायण नुवालले फ्यूजको पहिलो ब्याच भाइस एडमिरल एसएन घोरमाडे, नौसेना प्रमुख (भीसीएनएस)लाई सुम्पिएको छ।

यस अवसरमा, भीएडीएम घोरमाडेले भने, ‘हतियार र गोलाबारुदको निर्माणमा उद्योगहरूको बढ्दो सहभागिता सराहनीय छ, अनि यो सशस्त्र बलहरूको आत्मनिर्भरतामा महत्वपूर्ण प्रोत्साहन होl निजी उद्योगद्वारा यस प्रकारको फ्यूजको विकास अनि निर्माणका लागि पहिलो पटक कृत्रिम गतिशील परीक्षण सुविधाहरूको उपयोग गर्नु देशको लागि ठूलो उपलब्धि होl’
निर्मातालाई सबै प्राविधिक सहयोग नौसेना हतियार महानिर्देशनालय र नौसेना हतियार निरीक्षण महानिर्देशनालय, भारतीय नौसेनाले भारतमा आत्मनिर्भरताको लक्ष्य राख्दै गोला बारुद र फ्यूजहरूको निर्माणको लागि जीवन्त पारिस्थितिको प्रणाली सिर्जना गर्न प्रदान गरेको छ। -पीआईबी