४ मार्चः भारतीय विकेटकीपर ब्याटर रिचा घोषले आईसीसी महिला टी२० ऱ्यांकिंगको ब्याटरहरूकी सूचीमा २१ स्थानको गतिलो जम्प लगाएर २२औं स्थान हासिल गरेकी छन्। हालै समाप्त भएको आईसीसी टी२० वर्ल्ड कपमा रिचाले असाधारण प्रदर्शन गरेकी थिइन्। यसैकारण उनी टुर्नामेण्टको मोस्ट भेल्यूएबल टीममा सामेल हुने एकमात्र भारतीय थिइन्। सिलगढीकी १९ वर्षीय क्रिकेटर रिचाले ६८-को औसतले १३६ रन बनाएकी थिइन्। उनी टुर्नामेण्टमा स्मृति मन्धना (१५१ रन) पछि टुर्नामेण्टमा सर्वाधिक रन बनाउने भारतीय खेलाड़ी रहेकी थिइन्। ऱ्यांकिंगमा सबैभन्दा ठूलो जम्प श्रीलंकाकी विश्मी गुणरत्ने र ईंग्ल्याण्डकी स्पिनर चार्ली डीनले लगाएकी छन्। गुणरत्ने ९५ स्थान अघि बढ़ेर १६९औं स्थानमा पुगेकी छन्। यसरी नै अफ् स्पिनर डीन ७७ स्थानको जम्प लगाएर सीधै ५०औं स्थानमा पुगेकी छन्। उनले अलराउण्डरहरूकी ऱ्यांकिंगमा पनि १०३ स्थानको जम्प लगाएर ७७औं स्थान हासिल गरेकी छन्।