४ मार्चः स्टार स्ट्राईकर सुनिल छेत्रीले शुक्रवार बेंगलुरुको श्री कांटेरेवा स्टेडियममा खेलिएको इण्डियन सुपर लीगको पहिलो नक्आउट म्याचमा केरला ब्लास्टर्स विरुद्ध बेंगलुरु एफसी-को निम्ति गोल गरे। त्यस गोलपछि मैदानमा चरम विवाद सृष्टि भयो। सुनिलले फ्री-किकबाट गोल गरे अनि केरलका खेलाड़ीहरू त्यस समय तयार थिएनन्। केरलका खेलाड़ीहरूले त्यस गोलको विरोध गरिरहेका थिए कारण उनीहरूका भनाइअनुसार रेफरीले सिटी बजाएका थिएनन्। यसैकारण उनीहरूले त्यस गोलको विरोध शुरु गरे। रेफरीले गोल दिएपछि केरला ब्लास्टर्सको टीम आफ्नो म्यानेजर इवान वुकोमनोविकसँग मैदान छोड़ेर बाहिर निस्कियो। टीमका कप्तान एड्रियन लूनाले रिसमा आफ्नो आर्मब्याण्ड निकालेर फ्याँके।

वास्तवमा म्याचको ९५औं मिनटमा केरला ब्लास्टर्सका वाइबिन मोहननले पेनल्टी बक्सको ठीक बाहिर सुनिल छेत्रीलाई लड़ाएका थिए। त्यसै फाउलको निम्ति बेंगलुरु एफसी-लाई फ्री किक् हासिल भएको थियो। केरलका खेलाड़ीहरू मैदानमा नफर्किदा बेंगलुरुलाई १-०-ले विजयी घोषित गरियो। यस जीतको साथै बेंगलुरु एफसी-ले लीगको सेमिफाइनलमा स्थान पक्का गऱ्यो।