कोविड़ भारत: कोरोनाको ३०० बढी नयाँ मामिला

COVID_Model_AP.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३३४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८७,४९६ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले केरलमा १ र महाराष्ट्रमा २ जना गरी कुल ३ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७७५ पुगेको छ। यसरी नै यस अवधिमा १७० जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५४,०३५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या २,६८६ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,०३,१७० जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,९०,९५,८२३ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ६,९७७ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६४,१५,४८४ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement