“आमा” योजना अन्तर्गत १४,०७० जना लाभार्थीहरूलाई रू. २० हजारको चेक प्रदान

IMG-20230303-WA0262.jpg

गान्तोक। राज्य सरकारको महत्वाकांक्षी योजना “सिक्किम आमा सशक्तिकरण योजना” अन्तर्गत आज मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट १४ सय ७० जना लाभार्थी आमाहरूलाई २० हजार रुपियाँको चेक प्रदान गरियो। पूर्व सिक्किमको रम्फूमा आयोजित सत्तारुढ एसकेएम पार्टीको एउटा कार्यक्रमको अवसरमा मुख्यमन्त्री गोलेले राज्यको सबै ३२ वटा समष्टिबाट १-१ जना लाभार्थी आमालाई चेक प्रदान गर्नुभयो भने रहल चेक सम्बन्धित क्षेत्रका महकूमा तथा खण्ड विकास अधिकारीलाई हस्तान्तरण गरियो। उल्लेखनीय छ, राज्यको एसकेएम सरकारले गत वर्ष नै परिवारमा कोही सरकारी नोकरी गर्ने नभएको, अविवाहित, विधवा र पारपाचुके भएका १८ देखि ५९ वर्षका महिलाहरूलाई सिक्किम आमा सशक्तिकरण योजनाअन्तर्गत प्रति वर्ष २० हजार रुपियाँ प्रदान गर्ने घोषणा गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement