सिलगढ़ी: सिलगढ़ी महकुमाको खोरीबाड़ीको कदमतला मोहमा एक सुन दोकानमा लाखौं रुपियाँको आभूषण चोरी भएको छ।यो घटना खोरीबाड़ी पुलिस थानादेखि थोरै टाढामा भएको हो।जानकारी अनुसार, चोरहरूले सुनको दोकानको छप्परको एस्बेस्टस काँटेर दोकानमा पसेर चोरी गरेको छ।शुक्रवार बिहान जब दोकान मालिकलाई चोरी भएको घटना थाहा लाग्यो तब उनले खोरीबाड़ी थाना पुलिसलाई यसको सूचना दिए। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो औं दोकानको सीसीटीवी फुटेजको जाँच गर्यो। दोकान मालिक आविराम मण्डलले भने, बिहान मैले दोकानमा चोरी भएको सूचना पाए। यसपछि म दोकान पुगे। चोरहरूले छप्परको एस्बेस्टस काँटेर दोकानमा चोरीको घटनालाई अन्जाम दिएका छन्। दोकानबाट चोरहरूले धेरै किलो चाँदी र सुनको आभूषण चोरेका छन्। यसअघि खोरीबाड़ी बजारमा सुनको दोकानहरूमा धेरै पल्ट चोरीको घटना भईसकेको छ। तर पुलिसले केही पनि गर्न सकिरहेको छैन सुन दोकानेहरूले बजारमा रातको समय पुलिसको पेट्रोलिङ बढ़ाउने माग गरेका छन्।