कोलकाता: पूर्वमन्त्री रहेका वरिष्ठ भाजपा नेता सत्यव्रत मुखर्जीको शुक्रवार निधन भएको छ। राजनीतिक खेमामा जलु बाबूको नामले विख्यात सत्यव्रतले आज बिहान कोलकाताको शनि पार्क स्थित घरमा अन्तिम सास फेरे। उनी पेशाले अधिवक्ता थिए औं वकालतमा उनको नाम थियो। वर्ष २००८ देखि २००९ सम्म उनी बंगाल भाजपाको अध्यक्ष पनि रहे। यसपछि उनको स्थानमा राहुल सिन्हालाई अध्यक्ष बनाइएको थियो। नदिया जिल्लाको तृणमूल नेता एवं ममता क्याबिनेटमा मन्त्री अरूप विश्वासले उनको निधनमा शोक व्यक्त गरेका छन्। उनले भने, जलू दाको निधनले हामी दुःखी छौं। राजनीतिक मत भिन्नता रहेपनि उनले सदैव मलाई माया गर्थे। नदियाले एक राजनीतिक अभिभावक गुमाएको छ। वर्ष २००० देखि २००२ सम्म अटल बिहारी बाजपेई क्याबिनेटमा उनी केन्द्रिय रसायनिक र सारका राज्यमन्त्री थिए। वर्ष २००२ देखि २००३ अक्टोबरसम्म उनी केन्द्रिय वाणिज्य र उद्योग विभागको पनि राज्यमन्त्री रहे। सिलहट (बांग्लादेशमा) जन्मेका सत्यव्रत विभाजनपछि पश्चिम बंगालको नदिया कालीगंज पगलाचण्डी गाउँमा आएका थिए। १९९९को लोकसभा चुनाउमा उनले कृष्णानगरबाट भाजपाको टिकटमा जित हासिल गरेका थिए। यद्यपि, त्यसपछि २००४, २००९ र २०१४मा लगातार पराजित भईरहेका थिए। उनको निधनमा माकपा नेता सुमित देले पनि शोक व्यक्त गरेका छन्। उनले भने, राजनीतिक मत विरोध भएपनि उनी सबैको प्रिय थिए। नदियाको कृष्णानगर सांगठनिक जिल्ला भाजपा अध्यक्ष अर्जुन विश्वासले भनेका छन्, सत्यव्रतको निधनले भाजपा परिवारलाई अपूरणीय क्षति भएको छ।वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले सोशल मीडियामा लेखेका छन्, पार्टीका पूर्व प्रदेश अध्यक्ष सत्यव्रत मुखर्जीको निधनले धेरै आहत छु। उनी पूर्व केन्द्रिय मन्त्री थिए र भाजपाका अहम नेता थिए। उनको निधनले दुःखी उनको परिवार, प्रशंसकहरू र अनुगामीहरूप्रति मेरो समवेदना।