राष्ट्रिय बाल अधिकार संरक्षण आयोगको स्थापना दिवसमा उत्तर सिक्किमको सहभागीता

PHOTO-3

मंगनः उत्तर सिक्किम अन्तर्गत मंगन जिल्लाको एक टोली नयाँ दिल्लीमा आयोजित राष्ट्रिय बाल अधिकार संरक्षण आयोगको १८औं स्थापना दिवस कार्यक्रममा सहभागी बन्यो। उक्त कार्यक्रम बिहिवार आयोजन भएको थियो। मंगन जिल्लाबाट छुकिला लेप्चा, तेन्जिङ लाचेनपा र मंगनकी डीसीपीओ वेन्डी एम. लेप्चा उक्त कार्यक्रममा सहभागी बनेको बताइएको छ। आयोगले देशभरिबाट ७५ वटा सीमा क्षेत्रका जिल्लालाई उक्त कार्यक्रममा निम्त्याएको थियो भने त्यसमा मंगन पनि एउटा थियो। कार्यक्रममा दुई जना किशोर केटी राजदूतको रूपमा सहभागी बन्नु पर्ने थियो। यस कार्यक्रममा केन्द्रिय मन्ती स्मृति इरानीलगायत अन्य गणमान्य व्यक्तिहरूको सहभागी रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement