गान्तोकः सत्तारूढ एसकेएम पार्टीको एक महिनाव्यापी घर देलो अभियान समापन भएको छ। रम्फूको खेल मैदानमा आयोजना गरिएको समापन कार्यक्रममा मुख्यमन्ली तथा एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङ मुख्य अतिथि थिए। यस अवसरमा एसकेएम पार्टीको राइडर्स स्काङले बाइक ऱ्याली आयोजना गरेको थियो। बिहान मिन्तोकगाङबाट मुख्यमन्त्री तामाङलाई राइडर्स स्काङले अगुवाई गरेर रम्फूसम्म लिएर गए। ऱ्यालीमा लगभग तीन हजार बाइकर सहभागी बनेको बताइएको छ। मुख्यमन्तीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङचुक लेप्चाले एसकेएम पार्टीको महिनाव्यापी घर देलो अभियानको समापन कार्यक्रम आज रम्फूमा आयोजना गरिएको बताए।
एसकेएम पार्टीको राइडर्स स्काङले मुख्यमन्तीलाई मिन्तोकगाङदेखि रम्फूसम्म एस्कर्ट गर्ने बताउँदै बाइक ऱ्यालीमा राज्यका सबै जिल्लाबाट युवा-नारीहरूको सहभागीता रहेको उनले बताए। उनले बाइक ऱ्यालीमा राइडर्सको निम्ति स्पीड लिमिट ३५-४० किलोमिटरप्रति घण्टा निर्धारित गरिएको जानकारी गराए।