राष्ट्रपति द्रौपदी मुर्मूले गरिन् ७ औं अन्तरराष्ट्रीय धर्म-धम्म सम्मेलनको उद्घाटन

PHOTO

भोपालः राष्ट्रपति द्रीपदी मुर्मूले शुक्रवार मध्य प्रदेशको राजधानी भोपालको कुशाभाउ ठाकरे सभागृहमा आयोजित तीन दिवसीय ७औं अन्तराष्ट्रीय धर्म-धम्म सम्मेलनको उद्घाटन गरिन्‌। ‘नयाँ युगमा मानववादको सिद्धान्त- विषयमा आयोजित उक्त सम्मेलनमा १५ देशका ३५० भन्दा अधिक विद्वान एवं पाँच देशका संस्कृति मन्त्रीहरूले भाग लिएका छन्‌। आगामी पाँच मार्चसम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटनको अवसरमा प्रदेशका राज्यपाल मंगुभाई पटेल, मुख्यमन्ती शिवराज सिंह चौहान, संस्कृति मन्ती उषा ठाकुर एवं साँची बौद्ध-भारतीय ज्ञान अध्ययन विश्वविद्यालयकी कुलपति डा. नीरजा गुप्ता पनि उपस्थित रहे।

धर्म-धम्मका वैश्विक विचारहरूलाई मञ्च प्रदान गर्ने यस सम्मेलनमा भुटान, मंगोलिया, श्रीलंका, इण्डोनेशिया, थाइल्याण्ड, भियतनाम, नेपाल, दक्षिण कोरिया, मरिशस, रूस, स्पेन, फ्रान्स, अमेरिका एवं ब्रिटेन जस्ता देशहरूको सहभागिता रहेको छ।भारत चेतनाको मूल स्तर रहेको छ धर्म धम्मको अवधारणाः राष्ट्रपति सम्मेलनमा राष्ट्रपति मुर्मूले भनिन्‌, मलाई कुशाभाउ ठाकरेको सानिध्य प्राप्त भएको थियो। म उनलाई नमन गर्दछु। महर्षि पतञ्जलि, गुरू नानक, भगवान बुद्धले दुःखबाट निक्लेको मार्ग देखाए। मानवताको दुःखको कारणको बोध गर्नु र यस दुःखलाई दूर गर्ने मार्ग देखाउनु पूर्वको मानववादको विशेषता हो। आजको युगमा यो झन्‌ महत्वपूर्ण भएको छ। महर्षि पतञ्जलिले अष्टाग योगको पद्धति स्थापित गरे। भगवान बुद्धले अष्ागिक मार्ग प्रदर्शित गरे। गुरु नानक देवजीले नाम सिमरणको मार्ग देखाए जसको लागि भनिन्छ- नानक नाम जहाज है, चढे
सो उतरे पार…

उनले भनिन्‌, कहिले-कहिले भन्ने गरिन्छ कि धर्मको जहाज हल्लिन्छ, तर डुब्दैन। धर्म-धम्मको अवधारणा भारत चेतनाको मूल स्तर रहिआएको छ। हाम्रो परम्परामा भनिएको छ, जसले सबै धारण गर्छ त्यो धर्म हो। धर्मको आधारशिला मानवतामाथि अडिएको छ। राग र द्वेषबाट मुक्त भएर, अंहिसाको भावनाले व्यक्ति र समाजको हित गर्नु पूर्वको मानववादको प्रमुख सन्देश रहेको छ। नैतिकतामाथि आधारित व्यक्तिगत आचरण र समाज पूर्वको मानववादको व्यवहारिक रूप हो।

मुख्यमन्त्री शिवराज सिंह चौहानले भने, सातौं धर्म-धम्म सम्मेलन भोपालमा आयोजना हुनु भनेको मध्य प्रदेशको निम्ति सौभाग्यको कुरा हो। एउटै चेतना सबैमा छ। ‘सियाराम मय सब जग जानी।’ अर्थात सबैमा सियाराम छन्‌। विशाल हृदय भएकाहरूले भन्ने गर्दछन्‌ कि सारा धरती नै हाम्रो परिवार हो। भारतको गाउँ-गाउँमा आज पनि प्रत्येक धार्मिक आयोजनहरूमा बच्चा-बच्चाले यस मन्तको उद्घोष गर्दछन्‌ कि धर्मको जय होस्‌, अधर्मको नाश होस्‌, प्राणीहरूमा सद्भावना होस्‌ तथा विश्वको कल्याण होस्‌। राज्यपाल मंगुभाई पटेलले भने, हाम्रो देशको शताब्दिऔं पुरानो परम्पराले विश्व जाति र मानव जातिको कल्याणमा विश्वास राख्दछ। यसलाई प्रेरित गर्दछ। हाम्रो मान्यता यस विश्वासमा निहीत छ कि विश्व सबैको लागि हो, युद्धको कुनै आवश्यक्ता छैन। मानवताको कल्याणको लागि शान्ति, प्रेम र विश्वास आवश्यक हुन्छ। क्रषिहरूको चिन्तनले नै आजको समयमा समाधानको बाटो प्रशस्त गर्दछ। यस सम्मेलनको उद्देश्य दुई प्राचीन सभ्यताहरूबीच सद्भावनालाई बढाउनु हो। यो सम्मेलन युद्ध र पीडाले त्रसित विश्वलाई शान्तिको मार्ग देखाउनमा सक्षम हुनेछ। यसपूर्व राष्ट्रपति द्रीपदी मुर्मू मध्यान्ह 12 बजे विशेष विमान मार्फत दिल्लीदेखि भोपाल पुगिन्‌। यहाँको राजा भोज विमानतलमा राज्यपाल मंगुभाई पटेल, मुख्यमन्ती शिवराज सिंह चौहान सहित भाजपा प्रदेश अध्यक्ष वीडीले उनलाई आह्मीय स्वागत जनाए। यहाँबाट राष्ट्रपति सोझै कार्यक्रम स्थलतर्फ प्रस्थान भइन्‌। कार्यक्रमको समापनपछि उनी फेरि दिल्ली जानेछन्‌।

मुख्यमन्त्री चौहानले ट्वीटमा भने, सातौं धर्म धम्म सम्मेलनको उद्घाटन सत्रमा सहभागी बन्न राजा भोजको पवित्र नगरी भोपाल आएकी राष्ट्रपति द्रीपदी मुर्मूलाई म लगायत प्रदेशका समस्त नागरिकहरूको पक्षबाट आह्मीय स्वागत गर्दछु। सातौं धर्म धम्म सम्मेलनमा तपाईको उपस्थिति हाम्रो लागि गर्वको विषय हो। तपाईको आगमन र यसमा तपाईको सहभागिताको लागि आभार व्यक्त गर्दछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement