बिमल गुरुङ हरिद्वार प्रस्थान

IMG-20230303-WA0255.jpg

सिलगढी: गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरुङ आज हरिद्वार प्रस्थान गरेका छन्। हरिद्वार प्रस्थान गर्न अघि बाघडोगरा हवाई अड्डामा पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै गोजमुमो अध्यक्ष बिमल गुरुङले आफ्नै घरेलु कामले हरिद्वार गईरहेको बताएका छन्। उनले हरिद्वारमा रहेको पताञ्जली योग पिठमा चार पाँचजना नानीहरूलाई भर्ना गर्न गईरहेको तर सरकारले बोलाएर गएको होइन कारण यो मेरो आफ्नै कामले गईरहेको बताए। यस अवसरमा पत्रकारहरूले बंगाल विभाजन विरूध्द पारित प्रस्ताव र पहाड़मा डाकिएको बन्द विषयमा सोधेका प्रश्नको उत्तरमा गोजमुमो अध्यक्ष बिमल गुरुङले म राजनैतिक कुरा गर्न यहाँ आएको होइन भनी उत्तर दिएनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement