आईसीडीएस वर्कर मीना तामाङ सुब्बालाई आईसीडीएस कर्मीहरूले दिए विदाई पार्टी

b01d7460-3bcd-4173-97ff-3f07f143bb27

कालचिनीः प्रायः ४० बर्ष अघिदेखि चाइल्ड डेभलपमेन्ट प्रोजेक्ट अन्तर्गत आंगनबाड़ी कर्मीको रुपमा काम गरेर हालै मात्र अवकाश ग्रहण गरेकी मेचपाड़ा 8 नम्बर गाँवका निवासी मीना तामाङ सुब्बालाई आज आईसीडीएस सेक्टर एलका आईसीडीएस कर्मी औ सहायिकाहरूले संयुक्त रुपमा मिलेर उपहार र मुख मिठाई गराएर विदाई दियो। मीना तामाङ सुब्बाले १९८५ सालदेखि आईसीडीएस कर्मीको रुपमा सेवा प्रदान गर्दै आईरहेकी थिईन भने गत जनवरी महीनामा मात्र तिनले अवकाश ग्रहण गरेकी थिईन। यतिका बर्षसम्म आँगनबाड़ी कर्मीको रुपमा सेवा गरेर आएकी मीना तामाङ सुब्बालाई शुक्रबार कालचिनी सीडीपीओ सेक्टर एलका प्रायः ३० जना आंगनबाड़ी कर्मीहरूले सत्कारपूर्वक खदा पहिराएर उपहार एवम् मिठाई प्रदान गरेर भलाकुसारी गर्दै विदाई दिएको थियो।
आईसीडीएस कर्मी ममता थापाले मीना तामाङ सुब्बा एकजना सिनियर अनुभवी आईसीडीएस कर्मी रहेकी र तिनले आफ्नो कार्यकालभरी इमानदारीताको साथ आफ्नो कर्तव्य पालन गर्दै आईरहेकी र अहिले तिनले अवकाश ग्रहण गर्दा तिनलाई सम्वर्द्धना गर्न पाउँदा धेरै खुसी लागेको बताएकी छन्। शुक्रवार उक्त विदाई समारोहमा सेक्टर एलका सुपरभाइजर दिदि रिना कुजूरको उपस्थिति रहेकी थिईन भने सेक्टर एल अन्तर्गत पर्ने मेचपाड़ा, भाटपाड़ा, चुवापाड़ा, राधारानी, आदि क्षेत्रका आईसीडीएस कर्मीहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement