आगलागीमा औषधि दोकान जलेर स्वाहा

c691b18b-0929-4c4c-96fc-46bb049eb331

कालचिनीः कालचिनी खण्डको पुरानो हाँसीमारा बजार क्षेत्रमा अवस्थित एउटा औषधि दोकानमा केही कारणवश आगलागी हुँदा सो दोकानमा रहेको प्रायः १२-१५ लाख मूल्य बराबरको औषधि सामग्री सबै जलेर स्वाहा भएको घटना प्रकासमा आएको छ।
शुक्रबार बिहानपख मर्निङ वाकमा निस्कने मानिसहरूले उक्त दोकानबाट धुँवा निस्किएको देखेर हल्लाखल्ला गर्दा दोकानका मालिक अनूप ब्यानर्जी दोकानमा आईपुगेर सटर खोली हेर्दा सबै जलेर स्वाहा भएको देखेर हैरान बनेको थियो।
प्रत्यक्षदर्शी औ छिमेकीहरूले घरबाट पानी ओसारेर पानी लगाएपछि नै आगो नियन्त्रणमा आईसकेको थियो भने यस घटनामा कसैको ज्यान जोखिममा नपरेता पनि दोकाने अनूप ब्यानर्जीको प्रायः १४ लाख मूल्य बराबरको सम्पत्ति सबै खरानी भएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement