कालचिनीः कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायतको सहयोगिता औ चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको पहलमा शुक्रबारदेखि ग्राम पञ्चायतको चाइल्ड फ्रेन्डली कर्नरमा चाइल्ड राइट्स सर्भिस डेलिभरी सेन्टरको उद्घाटन गरीयो।
उक्त अवसरमा गारोपाड़ा ग्राम पञ्चायतका उपप्रधान पुनाई भगत लगायत पञ्चायत सहायक एवम् सिनिका प्रोजेक्ट कोर्डिनेटर योगेश लामा, सेन्टरका प्रभारी भावना तामाङ, मीरा तामाङ प्रधान साथै अन्यान्यको उपस्थिति रहेको थियो।
सो सेन्टरको उद्घाटन समारोहमा किशोर केटा केटीहरू लगायत विद्यार्थीहरूलाई राखेर चाइल्ड राइट्स सर्भिस डेलिभरी सेन्टरको महत्व औ यसको कार्यबारे जानकारी दिएको थियो भने सेन्टरबाट केटाकेटीहरूले सरकारबाट पाउने विभिन्न सरकारी सहुलियतहरूको जानकारी औ मदत गरीने सिनिको पक्षबाट सेन्टर प्रभारी भावना तामाङले जनाएकी छन्।










