खरसाङको लंगभ्युमा लगभग १७ करोड़ बराबरको जल जीवन मिशन कार्यकाे शिलान्यास

IMG-20230303-WA0238.jpg

खरसाङ: जल जीवन मिशन अन्तगर्त खरसाङको लंगभ्यु चियाबारीमा पिउने पानीको योजनाको शिलान्यासको कार्यक्रम सम्पन्न भयो। १६ करोड ९० लाख ५० हजार रूपियाँको लागतमा रहेको पानीको योजनाको शिलान्यास जीटीएको मातृ एंव शिशु कल्याण विभागकी भारप्राप्त सभासद तथा यसै समष्टि सभासद कल्पना प्रधानको बाहुलीबाट गरिएको छ। खरसाङ खण्डको सेन्ट मेरि-II ग्राम पञ्चायतमा अवस्थित लंगभ्युको तराई चौतिसमा सम्पन्न कार्यक्रमको अध्यक्षता भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समष्टि अध्यक्ष मणिराज डुम्जनले गरेका थिए। लंगभ्युको संयोजक मौसम लामाले सञ्चालन गरेको कार्यक्रममा समष्टी सचिव ललित प्रधानले स्वागत भाषण राखेका थिए। आजको शिलान्यास कार्यक्रमलाई पीएचई विभागका कार्यकारी अभियन्ता मणिरत्न मंग्राती, कार्यकारी सभासद कल्पना प्रधान, खरसाङ महुकमा समितिको सभापति सुवास प्रधान आदिले सम्बोधन गरेका थिए।
कार्यक्रममा मुख्य अतिथिको सम्भाषण राख्दै जीटीएको कार्यकारी सभासद कल्पना प्रधानले जल जीवन मिशन अन्तगर्त पंखाबारी साथै लंगभ्युमा हुन गईरहेको कार्यलाई सबैले सहयोग गरिदिने अपील गरिन् यसको साथै एक दुई पैसाको लोभमा कार्यलाई बाधा उत्पन्न नगरिदिने अनुरोध पनि गरिन्। उनले ठेकेदारले स्थानीय जनतासित मिलेर कार्य गर्ने अनि जनताले पनि ठेकेदारलाई सहयोग गर्न पर्ने सुझाव दिएकी छन्। उनले यो परियोजना असल औ गुणस्तरीय हुनुपर्छ भनी बताइन्। जल जीवन मिशन अन्तगर्त भइरहेको पानीको कार्यले लंगभ्यु साथै पंखाबारी क्षेत्रमा पानीको संकट हटेर जाने पनि उनले आफ्नो सम्बोधनमा जनाइन्। जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा लंगभ्यु क्षेत्रमा धेरै विकासमूलक कार्यहरु भइरहेको पनि उनले जनाइन् साथै लंगभ्यु बरबटे जाने जीर्ण अवस्थामा रहेको बाटोको पनि मरमत्ति कार्य चाँढै शुरू हुने बताइन्। खरसाङ महुकमा समिति अध्यक्ष साथै जन सम्पर्क अधिकारी सुवास प्रधानले आफ्नो सम्बोधनमा आज पंखाबारी साथै लंगभ्युमा हुन गइरहेको पानीको कार्य जीटीए प्रमुख कार्यपालको दुरदर्शिताको कारणले सम्भव भएको जनाए। उनले विपक्षीहरूले पर्जा पट्टा विषयमा जनतामाझ विभ्रान्ति फैलाइरहेको आरोप लगाउँदै चियाबारीका जनताको आफ्नो धडेरीको कागज पत्र दिलाउन आजसम्म कुनै पनि राजनैतिक पार्टीले कार्य नगरेको तर आज अनित थापाको नेतृत्वमा पट्टा वितरण भइरहेको पनि आफ्नो सम्बोधनमा जनाए।आज सम्पन्न शिलान्यास कार्यक्रममा कार्यकारी सभासद कल्पना प्रधान,भगोप्रमो खरसाङ महुकमा समिति सभापति साथै जन सम्पर्क अधिकारी सुबास प्रधान,खरसाङ महुकमा समिती प्रवक्ता अनुप रामुदामु, सदस्य सुरज लामा, कबीर लामा, केन्द्रीय समिति नारी शक्ति सभापति अनु प्रधान, महुकमा समिति नारी शक्ति उप सभापति जैतुन निशा खातुन, समष्टि सभापति मनिराज डुम्जन सचिव ललित प्रधान, समष्टि सहसचिव कुनाल छेत्री, प्रचार प्रसार सचिव जिनोद परियार, समष्टि सभानेत्री रिना थिङ्ग, लंगभ्यु संयोजक मौसम लामा उपस्थित थिए भने लंगभ्यु क्षेत्रका पार्टी कार्यकत्ताहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement