अलिपुरद्वार:अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकको मेन्दाबादी ग्राम पञ्चायतको बानियापाडा क्षेत्रमा आजदेखि बनिया नहरको निर्माण कार्य सुरु भएको छ। आयोजनाको उद्घाटनमा प्रदेशका सिँचाइमन्त्री पार्थ भौमिकको उपस्थिति थियो। लगभग ४८ लाखको लागतमा यो बनिया नहर निर्माण सुरु भएको हो। बनिया नहर निर्माणको काम १२० दिनभित्र सम्पन्न भई कृषि र हिउँदमा पानी पाउने भएकाले यस क्षेत्रका धेरै किसान लाभान्वित हुने मन्त्रीले बताए।










