उत्तर दिनाजपुर: माध्यमिक परीक्षाको अन्तिम दिन इस्लामपुरको हाईस्कुल मोर क्षेत्रका विद्यार्थीबीच तनावपूर्ण अवस्था सिर्जना भएको छ। इस्लामपुर हाईस्कुल मोरमा शुक्रबार विद्यार्थीहरूको समूहले आपसमा झगडा सुरु गरेको हो। घटनाको जानकारी पाएर इस्लामपुर आईसी र इस्लामपुर थानाका प्रहरी अधिकारी घटनास्थल पुगेर उनीहरूलाई त्यहाँबाट हटाएका थिए। इस्लामपुर चोपडाधार आदर्श बालिका विद्यालय र दडीभीत हाईस्कुलका विद्यार्थीको सिट इस्लामपुर हाईस्कुलमा परेको बताइएको छ। ती विद्यार्थीहरूबीच विवाद सुरु भएको थियो। यद्यपी गडबडीको कारण भने अझै खुल्न सकेको छैन। विद्यार्थीलाई निकालेर घर पठाइएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा छ।










