खरसाङ: गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टीको सचिव एंव पूर्व शिक्षक सुरेशचन्द्र दर्नाल पितृ शोकमा परेका छन्। उनको ९३ वर्षीय पिता आरबी दर्नालको बिहीबार तीनधारे महानदी समष्टी अन्तर्गत घैयाबारीको सिलिमहिलस्थित वासस्थानमा निधन भएको छ। आरबी दर्नालले आफुपछि चारजना छोराहरू र एक छोरी लगायत नाता नातिनीहरू छोड़ी गएका छन्। लामो समयदेखि सुवास घिसिङ र गोरामुमोसित सम्बन्धित रहेका आरबी दर्नालले १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको जानकारी प्राप्त भएको छ। पूर्व रेलवे कर्मचारी रहेका आरबी दर्नाल विभिन्न बिमारहरूले गर्दा उपचराधीन अवस्थामा रहेका थिए। उनी वर्तमानमा भारतीय गोर्खा परिसंघ घैयाबारी शाखाको सक्रिय सदस्य रहेका थिए। उनको अन्त्येष्ठी कार्य आगामी ११ मार्चको दिन हुने भएको जानकारी प्राप्त भएको छ।










