राज्य श्रम मन्त्रालयबाट चिया श्रमिकहरुलाई परिचय पत्र वितरण

a44cfb11-b64f-443c-b1ff-5e07b2a73dd1

कालचिनीः राज्यको श्रम मन्त्रालयबाट राज्य सरकारको अनुमोदनमा पश्चिम बंगालका २ लाख ८३ हजार चिया श्रमिकहरुलाई परिचय पत्र प्रदान गर्ने कार्यक्रम अनुरुप शुक्रबार अलिपुरद्वार जिल्ला अधीनस्थ कालचिनी खण्डको चुवापाड़ा चियाबारीको २१०० श्रमिकहरूलाई उक्त परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भयो। यस अवसरमा राज्यको बिल्डिङ एन्ड कन्सट्रक्सन विभागका चेयरम्यान तथा आईएनटीटीयूसीका राज्य सभापति ऋतुब्रत ब्यानर्जीको मुख्य उपस्थिति एवम् अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणा, कालचिनी बीडीओ प्रशान्त बर्मन लगायत जेएलसी एवम् श्रम विभागका अधिकारीगण एवम् जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा, प्रकासचीक बढ़ाईक, बिरेन्द्र बारा उराँव एवम् अन्यान्य नेतृत्वहरूको उपस्थितिमा सो श्रमिक परिचय पत्र प्रदान गरीएको थियो।
यो परिचय पत्रले भविष्यमा श्रमिकहरूलाई धेरै सुविधा उपलब्ध हुने जिल्ला शासक सुरेन्द्र कुमार मीणाले बताए भने राज्यका बिल्डिङ एन्ड कन्सट्रक्सन विभागका चेयरम्यान ऋतुब्रत ब्यानर्जीले डबल इञ्जिनको भाजपा सरकार रहेको राज्यहरूमा पनि यस्तो पहल नलिएको तर राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले चिया श्रमिकहरूको हितमा यो परिचय पत्र जारी गर्नु ठूलो काम र उद्देश्य रहेको बताउँदै यसको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जी अनि श्रम विभागप्रति कृतज्ञ रहेको बताए। यद्यपि परिचय पत्रले के काम हुने हो सो बारे कमानका श्रमिकहरू पनि अञ्जान रहेको श्रमिकहरूले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement