पर्जा पट्टाको बैठकदेखि विपक्षीका सभासदहरूलाई अलग राख्नु दालमा कालो रहेको स्पष्ट हुन्छ: अजय एडवर्ड

IMG-20230303-WA0084.jpg

दार्जीलिङ: जीटीएद्वारा आयोजित पर्जा पट्टाको बैठकदेखि निर्वाचित सभासदहरूलाई अलग राख्नु दुर्भाग्यपूर्ण रहेको हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डले प्रश्न तेर्साएका छन्। गत केही दिन अघिदेखि पर्जा पट्टाको विषयमाथि चुलिन्दै गईरहेको विवादमाथि चर्चा परिचर्चा गर्न जीटीएको मुख्यालय लालकोठीमा बैठक डाकिएको थियो। उक्त बैठकमा जीटीए चिफ् अनित थापा, जिल्लाधिकारी एस पुनमबालम, भूमि सुधार विभागीय अधिकारी, सत्ता पक्षका निर्वाचित सभासदहरू लगायत अन्य मानिसहरूको उपस्थिति रहेको थियो। पर्जा पट्टाको विषयमाथि धेरै चर्चा परिचर्चाहरू भएको जीटीए चिफ् अनित थापाले समाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। यस विषयमा हाम्रो पार्टीको अध्यक्ष एंव जीटीएको सभासद अजय एडवर्डले आफ्नो प्रतिक्रिया दिन्दै भने, ‘चिया श्रमिकहरूले आफ्नो घर जमीनको पर्जा पट्टा पाउनपर्छ भन्ने विषयमाथि हामी पनि सहमत छौं तर वर्तमान स्थितिमा राज्य सरकारद्वारा वितरण गरिएको पर्जा पट्टामाथि धेरै प्रकारको विवादहरू सृजना भईरहेको छ जसको कारणले गर्दा सम्पूर्ण पहाडवासी अन्योलमा परेको छ। आफु एक निर्वाचित सभासद भएको नाताले गर्दा आफुले पनि आफ्नो समष्टिको जनता जनार्दनहरूले साँचो कुरा बताउने दाहित्व रहन्छ तर पर्जा पट्टा जस्तो विषयमाथि डाकिएको बैठकमा विपक्षीका निर्वाचित सभासदहरूलाई अलग राख्नु भनेको सत्ता पक्षले जनतालाई अन्योलतामा राख्नु हो।’
हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डले अघि भने, ‘पर्जा पट्टाको सत्यता जान्ने र बुझ्ने समस्त जनता जनार्दनहरूको हक र अधिकार हो तर निर्वाचित सभासदहरूलाई बैठकदेखि अलग राखेर पार्टीको कार्यकर्ताहरूलाई बैठकमा निम्ताउनु भनेको सत्ता पक्षले सत्य लुकाउनु खोज्दैछ भन्ने स्पष्ट हुन्छ। पर्जापट्टाको विषयमाथि पहाडमा अन्योलता छाएको छ,अझ स्पष्ट भन्नु हो भने राज्य सरकारद्वारा वितरण गरिएको पर्जा पट्टाको सत्यता जान्न र बुझ्न सम्पूर्ण पहाडवासी उत्साहित छन् तर पर्जा पट्टाको बैठकदेखि विपक्षीका निर्वाचित सभासदहरूलाई अलग राख्नु भनेको दालमा कालो रहेको संकेत दिन्छ।’
सत्ता पक्षले पञ्चायत चुनावलाई ध्यानमा राखेर यी कार्यहरू गर्दै आईरहेको हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डसले भनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement