राष्ट्रिय सामाजिक सहायता कार्यक्रम अन्तर्गत खरसाङ नगरपालिकाद्वारा चालिस हजार गरेर १३ जनालाई आर्थिक सहयोग प्रदान

IMG-20230303-WA0173.jpg

खरसाङ: राष्ट्रिय सामाजिक सहायता कार्यक्रम अन्तर्गत विपन्न परिवारहरू जसको घरमा कमाउने मूल व्यक्ति नै निधन भएपछि त्यस घरमा कमाउने कोही नभएका परिवारका सदस्यलाई सरकारद्वारा दिइने चालिस हजार रुपियाँको चेक आज खरसाङ नगरपालिकाले तेह्रजना विधुवाहरूलाई प्रदान गऱ्यो। खरसाङ नगरपालिकाको अध्यक्षको कार्यालयमा सम्पन्न यस चेक वितरण कार्यक्रममा प्रत्येकलाई चालिस हजार गरेर चेक प्रदान गरियो। खरसाङ नगपालिकाको बडाबाबु सुरेन कटुवालले सञ्चालन गरेको कार्यक्रममा नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङले सम्बोधन गरेका थिए। यस अवसरमा नगरपालिका उपाध्यक्ष सुवास प्रधान, कर्मचारी एडवीन छेत्री, मिञ्जी लमु शेर्पा, पेमा शेर्पाको विशेष उपस्थिति रहेको थियो। यस चेक वितरण कार्यक्रम विषयमा पछिबाट खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानले विस्तृत रूपमा जानकारी गराउँदै खरसाङ नगरपालिका अन्तर्गत पर्ने मानिसहरूका घरमा कमाउने मुख्य व्यक्तिको निधन भएपछि कमाउने नभएकाहरूलाई सरकारबाट सहुलियतहरू खरसाङ नगरपालिकाबाट आर्थिक सहयोग वितरण गरिएको बताएका छन्। उनले बताए अनुसार खरसाङ नगरपालिकाको अध्यक्ष र उपाध्यक्षको पहल साथै नगरपालिकाको कर्मचारीहरूका सहयोगमा आज जम्मा १३ जनालाई आर्थिक सहयोगस्वरूप प्रत्येकलाई ४० हजार गरेर आर्थिक सहयोग वितरण गरिएको बताएका छन्। उपाध्यक्ष सुवास प्रधानले नगरपालिकाको जुन घरमा यस्तो घटना घटेका थिए उहाँहरूलाई शान्तावनास्वरूप यो राशि सहयोगको रूपमा प्रदान गरिएको र यो नगरपालिकाले आफ्नो तर्फबाट जनसाधारणको लागि सेवाको भावना राखेर कार्य गरिरहेको र भविष्यमा पनि खरसाङ नगरपालिका जनताको पक्षमा कार्य गरिरहने प्रतिबध्दता जाहेर गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement