खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर ३ निवासी श्रवण छेत्री अनि रञ्जना प्रधान छेत्रीकी २३ वर्षीय छोरी श्रवनी छेत्री हालै आर्म्ड फोर्स मेडिकल कलेज पुणेबाट चौथो वर्षको कोर्स पूर्ण गरेपछि भारतीय सेनाको ‘लेफ्टिनेन्ट’ जस्ता गरिमामय तथा उच्च पदमा नियुक्त भएकी छन्। उक्त सम्मान उपाधि उनी अनि उनको परिवारको मात्र नभएर यो सम्पूर्ण खरसाङवासीको लागि गौरवको विषय रहेको खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानले बताएका छन्।

यसको साथै उनले नगरपालिकाको तर्फबाट नानीको उत्तरोतर प्रगतिको कामना गर्दै उनलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।










