खरसाङ: खरसाङ विद्युतीय इञ्जिनियरिङ्ग एंव उर्जा विभागद्वारा खरसाङ खण्ड अन्तर्गत गाडीधुरास्थित मेजर दुर्गा मल्लको सालिग सुन्दरीकरण हेतु हाई माक्स लाइट जडानको आज पूजा अर्चना गरी शिलान्यास गरियो। अम्बटे लङ्भ्यु पंखाबारी समष्टीको सभासद कल्पना प्रधानद्वारा पूजा गरिएको यस कार्यक्रममा २८ नम्बर खरसाङ चिम्नी देवराली समष्टीको सभासद श्याम शेर्पाले नरिवल फुटाई कामको थाल्नी गरिएको थियो। उर्जा विभागका एमओडी सभासद प्रणाम रसाइलीको सभासद कोषबाट जडान हुने यस हाई माक्स लाइटले केवल सालिगलाई मात्र सुन्दर नदेखेर सम्पूर्ण गाडीधुरा बजार नै उज्यालो हुने बताइएको छ। यसबारे जानकारी दिन्दै सभासद प्रणाम रसाइलीले गाडीधुरावासीले दीर्घ दिनदेखि चाहेको कुरा पूरा गरी दिएकोमा जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति आभार व्यक्त गरेका छन्। आज यसरी जनताले चाहेको र मांगेको कुरा आफूले पूरा गर्न पाएकोमा सन्तोष व्यक्त गरेका छन्।

आजको शिलान्यास कार्यक्रममा भागोप्रमो खरसाङ महकुमा समिति प्रवक्ता अनुप रामुदामु, पंखाबारी अम्बटे लंगभ्यु समष्टि सभापति मणिराज डुम्जन,सचिव ललित प्रधान,सह- सचिव कुनाल छेत्री, गाडीधुरा ब्लक सभापति सुवास छेत्री, सचिव बिमल सुब्बा, खरसाङ विद्युतीय इञ्जिनियरिङ्ग एंव उर्जा विभागका मुख्य अभियन्ता सुरज थापा, सहायक अभियन्ता नशिम खातुन लगायत अन्य उपस्थित थिए।










