कोलकाता: एलपीजीको मूल्यमा ५० रुपियाँ बढेपछि मुख्यमन्त्री ममता ब्यानर्जीले यो वृद्धिलाई लिएर केन्द्र सरकारको कडा आलोचना गरेकी छिन्। ‘उज्ज्वला योजना कहाँ गयो, मुद्रास्फीति किन नियन्त्रणमा आएन?’, उनले गरेकी छिन्। बिहीबार नवान्न्नमा पत्रकारहरूलाई सम्बोधन गर्दै, उनले भनिन्, ‘भाजपासँग चुनावमा खर्च गर्न धेरै पैसा छ, तर चुनाव सकिएपछि उनीहरूले आफ्नो वास्तविक रंग देखाउँछन्। उनीहरुले दैनिक उपभोग्य वस्तुको मुल्य बढाएका छन्। एलआईसी र भारतीय स्टेट ब्यांक बन्द हुने अवस्थामा छ। ग्यास सिलिन्डरको मूल्य ५० रुपियाँले बढेको छ। के उनीहरू चाहन्छन् कि हामीले इँटाको चुलो बालेको होस्?’ भाजपाले जनताको लागि कुनै काम नगर्ने, ठूला-ठूला झूटा वाचा मात्र गर्ने गरेको उनले आरोप लगाइन्।
मुख्यमन्त्रीले सो दिनको प्रश्नको जवाफमा राज्यपाल आफ्नो विचार प्रकट गर्न स्वतन्त्र रहेको बताए। उनले भनिन्, ‘म तिनीहरूको बारेमा टिप्पणी गर्दिन। म मेरो विचार साझा गर्नसक्छु। पश्चिम बङ्गालमा कानून र व्यवस्थाको अवस्था राम्रो छ। कोलकाता सबैभन्दा सुरक्षित शहर हो र बङ्गाल पनि। याद गर्नुहोस्, बङ्गालले नेपाल, बङ्गलादेश र भुटानसँग आफ्नो सीमा जोडेको छ। यति हुँदाहुँदै पनि यहाँको शान्ति सुरक्षाको अवस्था प्रशंसनीय छl’ उनले अझ भनिन्, ‘यदि हाम्रा छिमेकी राज्यहरू असम र यूपीबाट हतियार तस्करी भइरहेको छ भने हामीले यसको सामना गर्नुपर्छ। बङ्गाल जत्तिको हेरचाह कुनै पनि राज्यले गरेको छैनl’ उनले वामपन्थी शासनमा लुटपाट र हिंसाका घटना देखेको बताइन्।










