‘‘यो पट्टा बेच्नु पाउँदैन तर छोराछोरीमा हस्तान्तरण हुन्छ। ट्राईबलको जमिन पनि हस्तान्तरण हुन्छ बेच्नु पाउँदैन। यो पट्टा ट्राइबलको जमिन जस्तै हो।”
दार्जीलिङ: हिजो बिहीबार लालकोठीमा जिटीए र ल्याण्ड एन्ड ल्याण्ड रिफमको संयुक्त सभा सभा सम्पन्न भएको थियोl सो सभमा हालको जल्दोबल्दो मुद्दा पर्जापट्टाबारेमा विस्तृत रुपमा चर्चा भएको छl सो सभामा ल्याण्ड एन्ड ल्याण्ड रिफर्म र विशेषज्ञहरूले भनेका कुरा जीटीएका मुख्यकार्यपाल अनित थापाले जारी गरेका छन्l जसलाई यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ:
- ल्याण्ड एन्ड ल्याण्ड रिफर्म र रिफ्युजी रिह्याबिलेटेसन विभाग संयुक्त रूपमा सरकारले चलाइरहेको हुनाले यहाँ कन्फ्युजन भएको मात्र हो। हाम्रो पहाडमा ल्याण्ड एन्ड ल्याण्ड रिफर्मले पर्जापट्टा दिन्छ अनि रिफ्युजी कलोनीको निम्ति रिफ्युजी रिह्याबिलेटेसन बिभागले रिफ्युजीलाई टाइटल डिट दिन्छ।
- टाइटल डीट रिफ्युजीलाई दिनु अघि एसडीओले एप्रुभ गर्छ।यसमा बीएलआरओ संलग्न हुँदैन। चियाबारी र अन्य ल्याण्डलाई बीएलआरओले पर्जापट्टा दिन्छ।
- टाइटल डिट दिन अघि रिफ्युजी बसेको कालोनीलाई सरकारले रिफ्युजी कलोनी घोषणा गर्छ। त्यस पछि एसडीओको एप्रुभलमा फ्रि होल्ड टाइटल डिट दिन्छ। पट्टा दिँदैन। तर चियाबारीको जमिनलाई भने कम्पनीबाट रिज्युम गरेर बीएलआरओले पर्जापट्टा दिन्छ।
- रिफ्युजीलाई आफू बसेको जग्गा मात्र दिन्छ जसको अहिले सम्म मानक ५ डेसिमलसम्म छ। हामीलाई अहिले होम स्टेडको मात्र पर्जापट्टा दिँदैछ। जसको अर्थ घडेरी हो। घडेरी पनि ८-१० डेसिमल दिँदैछ। एक डेसिमलमा ४३५ स्क्वायर फिट हुन्छ। भन्नुको मतलब हामीले घर घडेरी र कोठी बारीको मालिकाना अधिकार पाउँछौ। अहिले सम्म कमाइरहेको खेतबारी जङ्गलबारी हामी सधैं झैं चलाउछौं। तर त्यसको कागज पत्रको निम्ति दोस्रो चरणको सरकारसँग वार्तालाप गर्नेछौ।
- यो पट्टा बेच्नु पाउँउदैन, तर छोराछोरीमा हस्तान्तरण हुन्छ। ट्राईबलको जमिन पनि हस्तान्तरण हुन्छ बेच्नु पाउँदैन।यो पट्टा ट्राइबलको जमिन जस्तै हो।
- बन्द कमानहरूको जो अहिले बस्ती सरह भएको थियो उनीहरूको जमिनको सबै पर्जापट्टा पायो। तर खुल्ला कमानहरूमा कम्पनीको लिजले गर्दा बाधा बनेको छ। किन भने यो घर घडेरी खेतीबारी जङ्गलबारी सबै कम्पनीको लिजमा छ। यो लिजलाई पहिला रिज्युम गर्नु पर्छ। तर कम्पनी अहिले पनि रिज्युम गर्न मानेको छैन। यसैले अहिले यो पर्जापट्टा बिषय कम्पनीले अपजेक्सन गर्दैछ। बन्द भएको कमानलाई सरकारले सहजै रिज्युम गर्न सक्यो। तर खुल्ला कमानमा रिजूयुम विषय कम्पनीले अपजेक्सन गर्दैछ। तर जीटीए र सरकार मिलेर रूल्स बनाउँदैछ। यो रूल्स कार्यरूपमा परिणत भए कम्पनीले अपोज गर्दा पनि सरकारले रिज्युम गर्नसक्छ।
- अहिले चिया कम्पनी र पर्जा पट्टा बिरोधीहरूको स्वर एउटै छ। हिजसम्म हाम्रो घरमा काटी ठोक्नु पनि बगानबाट एनओसी माग्न पर्थ्यो। तर अब हाम्रो घर घडेरी निर्धक्क चलाउन सक्छौ। होम स्टे वा अन्य ब्यवसायी गर्नसक्छौ। जसको निम्ति कम्पनीबाट एनओसी लिन पर्दैन।
- हिजो हाम्रो हातमा कुनै कागज पत्र थिएन यसैले सरकारी आँकडामा पहाडमा ८३% भूमिहिन थिए। तर अब भूमिको मालिकाना अधिकार पाउँदैछ भने यो जस्तो असल कार्य अन्य हुनै सक्तैन। हिज हामीसँग पुर्खाले सिंचेको जमिन छ भनेर मुखले बोल्थ्यौ अब कागजले बोल्नेछ। आज एक टुक्रा जमिनको मालिकाना अधिकार पाएको छौं अब बिस्तारै सपूर्ण खेतबारी जङ्गलबारीको मालिकाना अधिकार पाउने छौं। अहिलेसम्म कहिल्यै नपाएको अधिकार अब पाउन थाल्यौं। यो हाम्रो निम्ति नयाँ बिहानीको शुरूवात हो।










