दार्जीलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)ले छुट्टिएका गोर्खा जातिलाई जनजातिको दर्जा मान्यता प्राप्त छिट्टै हुनपर्छ भन्दै पहाडमा पर्चा वितरण कार्यको आरम्भ गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। यसैक्रममा गोरामुमो तकदाह टिस्टाभेल्ली समष्टिमा हाटबजारका जनतालाई जनजाति विषयबारे बुझाउँदै पर्चा वितरण गरेको समष्टिका सचिव प्रमित राईले मिडिया मार्फत जानकारी दिएका छन्l उनले भने, ‘गोर्खाहरुको छुट्टिएको उपजातिलाई १९३१ को जनगणनाअनुसार जनजातिको मान्यता प्राप्त होस् भनी गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङले ९ अप्रेल २००५ केन्द्रीय जनजाति मामिला सम्बन्धि अध्यक्ष कुनवर सिंह अनि १ जून २००५ को दिन भूतपूर्व न्यायमूर्ती एवं राष्ट्रिय पछौटे वर्ग आयोग सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयका अध्यक्ष राम सुरत सिंहलाई छुट्टिएको गोर्खा जातहरुलाई १९३१ को जनगणना अनुरुप पुनः जनजातिको दर्जा भारत सरकारले झट्ट भन्दा झट्ट दिनु पर्छ भनेर पत्राचार गरेका थिए।

सोही अनुरुप सम्बन्धित मन्त्रालयले यस विषयलाई यस विषयलाई लिएर पहल गरिदिन सम्बन्धित विभागहरुलाई पत्राचार पनि गरिएको छl’










