दार्जीलिङ: पर्जापट्टाको बैठकदेखि निर्वाचित सभासदहरूलाई अलग राख्नु दुर्भाग्यपूर्ण रहेको हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डसले प्रश्न गरेका छन्। गत केही दिन अघिदेखि पर्जापट्टाको विषय माथि चुलिन्दै गई रहेको विवादमाथि चर्चा परिचर्चा गर्न बिहिबार जीटीए मुख्यलय लालकोठीमा बैठक डाकिएको थियोl उक्त बैठकमा जीटीएका मुख्य कार्यपाल अनित थापा, जिल्ला अधिकारी एस पूनमबालम, भूमि सुधार विभागीय अधिकारी, सत्ता पक्षका निर्वाचित सभासदहरू लगायत अन्य मानिसहरूको उपस्थिति रहेको थियो। पर्जापट्टाको विषयमाथि धेरै चर्चा परिचर्चाहरू भएको अनित थापाले समाजिक संजालमा सार्वजनिक गरेका छन्। ‘चिया श्रमिकहरूले आफ्नो घर जमीनको पर्जापट्टा पाउन पर्छ भन्ने विषयमाथि हामी पनि सहमत छौंl तर वर्तमान स्थितिमा राज्य सरकारद्वारा वितरण गरिएको पर्जा पट्टामाथि धेरै प्रकारको विवादहरू सृजना भइरहेको छ, जसको कारणले गर्दा सम्पूर्ण पहाडवासी अन्योलमा परेका छन्’, उनले भनेl आफु एक निर्वाचित सभासद भएको नाताले गर्दा आफुले पनि आफ्नो समष्टिको जनता जनार्दानहरूले साँचो कुरा बताउने दाहित्व रहन्छ तर पर्जापट्टा जस्तो विषयमाथि डाकिएको बैठकमा विपक्षका निर्वाचित सभासदहरूलाई अलग राख्नु भनेको सत्ता पक्षले जनतालाई अन्योलतामा राख्नु हो भन्ने कुरा सभासद अजय एडवर्डसले गरेका छन्l ‘पर्जा पट्टाको सत्यता जान्ने र बुझने समस्त जनताको हक र अधिकार हो, तर निर्वाचित सभासदहरूलाई बैठकदेखि अलग राखेर पार्टीको कार्यकर्ताहरूलाई बैठकमा निम्त्याउनु भनेको सत्ता पक्षले सत्य लुकाउनु खोज्दैछ भन्ने स्पष्ट हुन्छ’, उनले भनेl










