कोलकताः भाजपा नेता शेभुन्दु अधिकारीले त्रिपुरा, मेघालय र नागाल्याण्ड विधानसभा चुनाउमा तय स्तर अनुसार प्रदर्शन गर्नमा असफल रहेको पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कङ्ग्रेसको अखिल भारतीय मान्यता समाप्त गर्ने माग गरेका छऩ्।बंगाल विधानसभामा नेता प्रतिपक्ष एवं वरिष्ठ भाजपा विधायक अधिकारीले मुख्य चुनाउ आयुक्तलाई यस सम्बन्धमा पत्र लेखेका छन्।
यसमा उनले भनेका छन्, गोवापछि त्रिपुरामा तृणमूल कङ्ग्रेसका विधायक उम्मेदवारहरूको जमानत जफत भएको छ। उनीहरूले नोटाभऩ्दा पनि कम भोट पाएका छऩ्। नागाल्याण्डमा पनि यही हाल रहेको छ। अखिल भारतीय पार्टीका दर्जा हासिल गर्नका लागि जुन क्राइटेरिया चाहियो त्यो तृणमूल कङ्ग्रेसले कहिलेपनि पूरा गर्न सक्दैन। यसैले यसको अखिल भारतीय मान्यता समाप्त गरिनुपर्छ। आफ्नो पत्रमा उनले लेखेका छन्, तृणमूल कङ्ग्रेस वास्तवमा देशको सबैभन्दा भ्रष्ट क्षेत्रीय पार्टी हो।









