कुचबिहार: कुचबिहार श्यामभक्त मण्डलको तर्फबाट खाटु श्याम पुजाको माध्यमद्वारा फाल्गुन उत्सवको आयोजना गरियो। आज बिहान रङ्गारङ्ग शोभायात्राको साथमा फाल्गुन उत्सवको शुरुआत गरियो। कुचबिहारको महेश्वरी मन्दिर अघिबाट रङ्गारङ्ग शोभायात्रा निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। यस सम्बन्धमा खाटु श्याम भक्त मण्डलको तर्फबाट विजय कुमार बाजोरियाले भने, प्रत्येक वर्ष खाटु श्याम पुजाको माध्यमद्वारा फाल्गुन उत्सवको आयोजना गर्ने गरिन्छ। यस अवसरमा आज बिहान एउटा रङ्गारङ्ग शोभायात्रा निकालिइयो। साँझको समयमा विशेष पुजा गरिनेछ भने आगामी दुई दिनसम्म कार्यक्रम चल्नेछ।