जलपाइगढी: जलपाइगढी सहरको रवीन्द्रनगर क्षेत्रमा माँ भवतारिणी काली मन्दिर निर्माण गरिएको छ। नयाँ मन्दिरको शुभारम्भका लागि शुक्रबार बिहान रविन्द्रनगर क्षेत्रबाट निस्किएको जुलुस बैकुन्थपुर राजबारी दिघी परिसरमा पुगेर समापन भएको थियो। र्यालीमा जिल्लाका सयौंको संख्यामा बासिन्दाको सहभागिता रहेको थियो। गीत र संगीत सुनेर सबैको मन छोयो। ऱ्यालीमा स्थानीय महिलाहरू रातो साडी लगाएर सहभागी भएका थिए। नयाँ मन्दिरको उद्घाटन ५ तारिख विशेष पूजा गरी गरिने भएको छ।