३ मार्चः टोक्यो ओलम्पिकमा च्याम्पियन बेल्जियमका सहायक प्रशिक्षक रहने दक्षिण अफ्रिकाका क्रेग फुल्टनलाई भारतीय पुरुष हकी टीमका नयाँ प्रशिक्षक नियुक्त गरियो। भुवनेश्वर र राउरकेलामा जनवरीमा भएको विश्व कपमा भारतीय टीम क्वार्टर फाइनलमा पुग्न नसकेपछि तत्कालीन प्रशिक्षक ग्राहम रीडले राजीनामा दिएका थिए। रीडको मार्गदर्शनमा भारतले टोक्यो ओलम्पिकमा ४१ सालपछि काँस्य पदक जितेको थियो। हकी इण्डियाले १० मार्चदेखि शुरु हुने एफआईएच हकी प्रो लीगको घरेलु म्याचहरू अघि शुक्रवार फुल्टनको नियुक्तिको घोषणा गऱ्यो। दक्षिण अफ्रिकाका ४८ वर्षीय फुल्टनसँग लगभग २५ सालको कोचिंग अनुभव रहेको छ। हकी इण्डियासँग औपचारिकता पूरा गरेपछि उनी टीममा सामेल हुनेछन्। फुल्टन टोक्यो ओलम्पिकमा स्वर्ण पदक जित्ने बेल्जियमका सहायक प्रशिक्षक थिए। उनी भुवनेश्वरमा २०१८-मा विश्व कप जित्ने बेल्जियम टीमका पनि सहायक प्रशिक्षक थिए। उनी २०१४-देखि २०१८-सम्म आयरल्याण्डको पुरुष टीमको मुख्य प्रशिक्षक रहेका थिए। उनकै कोचिंगमा टीमले रियो ओलम्पिकको निम्ति क्वालीफाई गरेको थियो।