तेस्रो टेस्टमा अष्ट्रेलिया ९ विकेटले विजयी

IMG-20230303-WA0125.jpg

३ मार्चः विपक्षी टीमलाई फसाउनको निम्ति बुनेको स्पिन जालमा भारत आफै फस्यो। इन्दौरको होल्कर स्टेडियममा खेलिएको बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको तेस्रो म्याचमा अष्ट्रेलियाले भारतलाई ९ विकेटले पराजित गऱ्यो। यस निराशाजनक हारपछि पनि रोहित शर्माको कप्तानीमा रहने भारत चारवटा टेस्ट म्याचको सीरीजमा अहिले २-१-ले अघि रहेको छ। सीरीजको चौथो तथा अन्तिम टेस्ट म्याच अहमदाबादमा खेलिनेछ। गत दुईवटा टेस्ट झैं तेस्रो टेस्ट म्याच पनि तीन दिनभित्रै समाप्त भयो। भारतीय ब्याटिंग क्रमलाई एक्लैले तहसनहस पार्ने अष्ट्रेलियाई स्पिनर न्याथन लायनलाई प्लेयर अव् द म्याच चयन गरियो। लायनले म्याचमा जम्मा ११ विकेट लिए, जसमा भारतको दोस्रो ईनिंग्समा हासिल गरेको ८ विकेट पनि सामेल छ। अष्ट्रेलियालाई जीतको निम्ति केवल ७६ रन बनाउने लक्ष्य हासिल भएको थियो।

आज बिहान रविचन्द्रन अश्विनले अष्ट्रेलियालाई ईनिंग्सको दोस्रो बलमै धक्का दिए। उनले उस्मान ख्वाजा (०)-लाई दिनको दोस्रो बलमै आउट गरे। त्यसपछि चाहिँ मार्नस लाबुशेन (अविजित २८) र ट्रेविस हेड (अविजित ४९)-ले भारतीय बलरहरूलाई अधिक मौका दिएनन्। यी दुईले दोस्रो विकेटको निम्ति ७८ रनको अटूट साझेदारी गरी अष्ट्रेलियालाई जीत दिलाए। हेडले ५३ बल खेलेर ६ वटा चौका र एउटा छक्का लगाए। यसरी नै लाबुशेनले ५८ बल खेलेर ६ वटा चौका लगाए। अष्ट्रेलियाले १९औं ओभरमै १ विकेटमा ७८ रन बनाएर म्याच जित्यो। उल्लेखनीय छ, भारतले पहिलो ईनिंग्समा १०९ र दोस्रो ईनिंग्समा १६३ रन बनाएको थियो। यसरी नै अष्ट्रेलियाले आफ्नो पहिलो ईनिंग्समा १९७ रन बनाएको थियो। पहिलो दुईवटा म्याच झैं तेस्रो टेस्टमा पनि स्पिनरहरूका धलिमलि रह्यो अनि म्याचमा पतन भएको ३१ विकेटमा २६ विकेट स्पिनरहरूले हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement