सड़क दुर्घटनामा अष्ट्रेलियाका दिग्गज क्रिकेटर एण्ड्र्यू साइमण्ड्सको निधन

IMG-20220515-WA0094.jpg

१५ मईः खेल जगतको निम्ति एउटा नराम्रो खबर रहेको छ। अष्ट्रेलियाका पूर्व दिग्गज क्रिकेटर एण्ड्र्यू साइमण्ड्सको शनिवार अबेर राति ४६ सालको उमेरमा कार दुर्घटनामा निधन भयो। प्राप्त जानकारी अनुसार शनिवार राति साइण्ड्सको कार टाउन्सविलेको सड़कबाट झरेर दुर्घटनाग्रस्त हुँदा क्रिकेटरको निधन भयो। यस च्याम्पियन अलराउण्डरको निधनपछि उनका प्रशंसकहरू सहित सम्पूर्ण खेल जगतमा शोकको लहर छाएको छ। हालै अष्ट्रेलियाई क्रिकेटले महान खेलाड़ी शेन वार्नलाई पनि गुमाएको थियो। न्यूज एजेन्सी एएफपी-को रिपोर्ट अनुसार, क्वीन्सल्याण्ड पुलिसले दुर्घटनाको जाँच गरिरहेको छ, जुन टाइन्सविले शहरदेखि लगभग ५० किलोमीटर टाढ़ा हर्वे रेञ्जमा भएको थियो। डाक्टरहरूले बताएअनुसार, साइमण्ड्सलाई अस्पताल पुऱ्याइँदा उनको स्थिति गम्भीर थियो। डाक्टरहरूले उनलाई बचाउने अप्राण चेष्टा गरे पनि सफलता हासिल भएन।
क्वीन्सल्याण्ड पुलिसद्वारा जारी बयानमा भनिएको छ, शुरुवाती जाँचमा राति लगभग ११ बजी एलिस रिवर ब्रिज नजिक हर्वे रेञ्ज रोडमा साइमण्ड्सको कार दुर्घटनाको शिकार भएको थियो। कार तेज गतिमा पल्टिएर सड़कबाट तल झरेको थियो। दुर्घटनाको सूचना पाएपछि पुलिस तुरन्तै पुगेर साइमण्ड्सलाई एम्बुलेन्सद्वारा अस्पताल लगियो। दुर्घटनामा साइमण्ड्सलाई गम्भीर चोट लागेको हुनाले उनलाई बचाउन सकिएन। यसबीच साइमण्ड्सको परिवारले उनको निधनको पुष्टि गर्दै एउटा बयान जारी गरेको छ। बयानमा मानिसहरूका सहानुभूति र शुभकामनाहरूका सराहना गरिनको साथै उनीहरूका निजताको सम्मान गर्ने अनुरोध गरिएको छ। साइमण्ड्सले खेलबाट सन्न्यास लिएपछि गत केही सालदेखि फक्स स्पोर्ट्समा कमेण्टेटरको काम गरेका थिए अनि बीग ब्याश लीगको प्रसारणको निम्ति उनी नियमित रूपले माइक्रोफोनमा रहन्थे। साल १९९८-मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गर्ने साइमण्ड्स २००९-सम्म अष्ट्रेलियाको जर्सी लगाएर खेले। यस अवधि उनले अष्ट्रेलियाको निम्ति २६ वटा टेस्ट, १९८ वटा वनडे र १४ वटा टी२० अन्तर्राष्ट्रिय म्याच खेले। यतिमात्र नभएर साइमण्ड्स दुईपल्ट विश्व कप विजेता (२००३ र २००७) अष्ट्रेलियाई टीमका सदस्य रहे। ब्याटिंगको साथमा उनी पार्ट टाइम बलर पनि थिए अनि उनको नाममा सबै प्रारूप (फर्मेट) मिलाएर जम्मा १६५ अन्तर्राष्ट्रिय विकेट रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *