नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २८३ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८८,१६२ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले कासैकाे मृत्यु भएन। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७७२ पुगेको छ। यसरी नै यस अवधिमा १९७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५३,८६५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या २,५२५ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,०१,०१९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,८९,३६,२६४ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ६,७४७ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६४,०८,५०७ जनाले यो खोप लगाइसकेको छन्।