गान्तोक। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका एक कर्मठ सदस्य नवीन राईको निधनप्रति पार्टीले शोक व्यक्त गरेको छ। राईको आज एक दुर्घटनामा असामयिक निधन भएको हो। पश्र्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत देथाङ निवासी नवीन राई भोलि रम्ङ्गूमा हुने घरदैलो अभियान समापन कार्यक्रमको निम्ति संलग्न बन्न आज नै घरबाट प्रस्थान गरेका थिए। दिउँसो लगभग १२ बजी भोटेभीरमा आफ्नो स्कुटीसँगै दुर्घटनामा परेको हो। पिता श्री मैना बहादुर राईका पुत्र नवीन राई एसकेएम पार्टीको एक कर्मशील कार्यकर्ता थिए। उनको असामयिक निधनले पार्टीमा अपुरणीय क्षति पुगेको उल्लेख आज जारी एक प्रेस बयानमा गरेको छ। स्वर्गीय राईले आङ्गूपछि धर्मपत्नी अनि तीनजना स-साना बाल-बालिकालाई छोडेर गएका छन्।