गान्तोक: स्थानीय मनन केन्द्रमा १५ दिवसीय कथक प्रशिक्षण शुरु भयो। प्रशिक्षणमा राजधानी वरपरका कलाकारहरू सहभागी छन्। कार्यशाला भारत सरकारको संस्कृति मन्त्रालय अन्तर्गत पूर्वोत्तर सांस्कृतिक केन्द्र डिमापुरले गरेको थियो। जो सिक्किम सरकारको संस्कृति विभागसँगको सहकार्यमा आयोजना गरेको छ। कार्यक्रमको उद्घाटन संस्कृति विभागीय सचिव गरे। यसअवसरमा विभागका अतिरिक्त निर्देशक, नृत्याञ्जली एकाडेमीका अधिकारीहरू र कलाकारहरू अनि अन्य सहभागी विद्यार्थीहरूको उपस्थिति थियो।