पूर्व एसडीएफ विधायक चन्द्रमाया सुब्बा एसकेएम पार्टीमा सामेल

IMG-20230302-WA0242.jpg

गान्तोक। पूर्व विधायक, मन्त्रीदेखि लिएर विभिन्न पदाधिकारी साथै साधरण सदस्यहरूले विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टी त्यागर सत्तारुढ़ एसकेएम पार्टीमा सामेल हुने क्रम जारी छ। यसमा नयाँ नाम पूर्व विधायक सुश्री चन्द्र माया सुब्बाको रहेको छ। व्यक्तिगत कारण देखाउँदै हिजो मात्र एसडीएफ पार्टीमा सबै पद र प्राथमिक सदस्यताबाट राजीनामा दिएकी सुश्री सुब्बा अन्य केही पूर्व एसडीएफ कार्यकर्ताहरूको साथमा आज एसकेएम पार्टीमा सामेल भएकी छन्।

पूर्व विधायक सुश्री चन्द्र माया सुब्बा साथै एसडीएफ पार्टी त्यागी आएका अन्यहरूलाई आज आफ्नो सरकारी आवास मिन्तोकगाङ्मा एसकेएम अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेले पार्टीमा स्वागत जनाए। प्राप्त जानकारीअनुसार भोली रम्फूमा सम्पन्न हुन गइरहेको एसकेएम पार्टीको एउटा कार्यक्रममा एसडीएफ पार्टीका धेरैजना कार्यकर्ता एसकेएम पार्टीमा सामेल हुने जसमा केही पूर्वम मन्त्री पनि रहेको सूत्र मार्फत थाहा लागेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *