राजधानीमा दुइ दिवसीय इट राइट मिलेट मेला आरम्भ

IMG-20230302-WA0237.jpg

गान्तोक। भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण (एफएसएसएआई) र सिक्किम सरकारको स्वास्थ्य विभागले आजदेखि संयुक्तरुपमा यहाँको एमजी मार्गमा अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ पालन गर्दै इट राइट मिलेट मेला आयोजना गरेको छ। मेलाको उद्घाटन समारोहमा राज्य विधानसभाका अध्यक्ष अरुण कुमार उप्रेती मुख्य अतिथि रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै विधानसभा अध्यक्ष अरुण उप्रेतीले यस दुई दिने कार्यक्रमको प्रशंसा गर्दै सबैले स्वस्थ खानपिन र जीवनशैली अप्नाउनुपर्ने कुरामा जोर दिए। उनले नियमित आहारमा कोदोको महत्वमाथि पनि विशेष जोर दिए। यस री नै भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणका पूर्वीय क्षेत्र निर्देशक बीएस आचार्यले आफ्नो सम्बोधनमा कोदोका सेवनबाट हुने फाइदा बारे जानकारी गराए। भारत विश्वमा नै सबैभन्दा ठूल कोदो उत्पादक देश हो भन्दै यसबाट सबैले लाभ उठाउनुपर्ने उनले थप बताए।

कार्यक्रमको आरम्भमा नर्सिङ कलेजका विद्यार्थीहरूले कोदोको फाइदा र महत्वबारे उपस्थित दर्शकहरूलाई जानकारी गराउन सडक नाटक प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न संस्थाका विद्यार्थीहरूबीच पोस्टर मेकिंग, स्लोगन लेखन र प्रश्नोत्तरी प्रतियोगिता समेत गरिएको थियो।

कार्यक्रम अवधि मुख्य अथिति अनि अन्य अतिथिहरूले प्रदर्शन स्टलहरूको भ्रमण पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement