गान्तोक: मंगन जिल्लामा राष्ट्रीय खाद्य सुरक्षा अधिनियन ऐन २०१३ सम्वन्धि एक सचेतना कार्यक्रम आयोजना गरियो। मंगन जिल्लास्थित पेन्टोकको प्रेक्षागृहलयमा आयोजित यस सम्मेलनमा विभागकी अतिरिक्त सचिव डिकी डोमा भोटिया लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। सिक्किम राज्य खाज्य आयोग र खाद्य एवम नागरिक आपूर्ति विभागको संयुक्त पहलमा आयोजित यस कार्यक्रममा सडक एवम पुल विभागका मन्त्री साम्दुप लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। आफ्नो सम्बोधनमा मन्त्री लेप्चाले जनचेतनामूलक कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै आफ्नो जिज्ञासा र आशंकालाई सुधार गर्नुपर्ने आग्रह गरे। उनले ऐनको बारेमा चेतना फैलाउन र एनएफएसए ऐन अन्तर्गत विभिन्न योजनाहरूको अनुशासित र योजनाबद्ध कार्यान्वयन सुनिश्चित गर्न आंगनवाडी कार्यकर्ताहरूले अहमं भूमिका निर्वाह गर्न आग्रह गरे। उनले जिल्लाका जनतालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने बचन दिँदै यसलाई सही ढङ्गमा कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरे।