गान्तोक:: एसडीएफ पार्टीले देथाङ, रिन्छेन्पोड निवासी नबिन राईको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ। एसडीएफले नबिन राईको आज दिउँसो रम्फू, भोटे भिर छेउ स्कूटी दुर्घटनामा परेर मृत्यु भएको छ। एसडीएफ अनुसार, स्व. नबिन राई एसकेएम पार्टीका सदस्य थिए र भोलि रम्फूमा आयोजन हुन लागिरहेको एसकेएम जनता मेलाको तयारीमा लागेका थिए। उनले आफुपछि पत्नी र तीन सन्तान छाडेर गएका छन्।