गान्तोक: भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण, स्वास्थ्य र परिवार कल्याण विभाग ईट राइट मिलेट मेला अन्तर्गत वाकाथन आयोजना गरियो। अन्तराष्ट्रिय कोदो दिवसको अवसरमा आयोजित यस वाकाथनलाई एफएसएसएआईका कार्यकारी निर्देशक इनोसी शर्माले झण्डा हल्लाएर प्रस्थान गराएकी थिइन्।यस वाकाथनमा राज्यका विभिन्न महाविद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।वेस्ट पोइन्ट उच्चत्तर माध्यमिक विद्यालयका पाइप व्यान्डले नेतृत्व गरेको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य स्वास्थ्य खाद्यबारे मानिस साथै विद्यार्थीहरूलाई सचेत गराउनु रहेको थियो। कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेती मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष उप्रेतीले सञ्चालित शैक्षिक कार्यक्रमको प्रशंसा गर्दै स्वस्थ जीवनशैलीका लागि हाम्रो नियमित आहारमा कोदोको प्रयोगलाई पुनरुत्थान गर्नुपर्ने आवश्यकता रहेको जानकारी गराए। युवाहरूमा जंक फूडको महत्त्वपूर्ण प्रयोगले अस्वस्थ खाने बानीको चक्रलाई तोड्न आवश्यक भएकोले स्वस्थ खानाको विकल्पहरू परिचय गराउनु पर्ने विषयमा उनले जोर दिए। यसै क्रममा क्षेत्रीय निर्देशक बीएस आचार्यले आफ्नो विशेष सम्बोधनमा कोदोको उपभोगबाट हुने फाइदाका बारेमा जनचेतना जगाउनुपर्ने आवश्यकता सचेतना गराए। भारत देश सबैभन्दा ठूलो कोदो उत्पादन गर्ने भएकाले यसको सदुपयोग गर्नुपर्न सुझाउ दिए। उनले नियमित आहारमा कोदोमा आधारित खाद्यवस्तु समावेश गर्नुपर्ने बताए।