सुनको बिस्किटको साथ व्यपारी पक्राउ

Salesman-who-stole-gold-biscuits-but-found-no-buyers-held.jpg

सिलगढ़ी: कञ्चनजंगा एक्सप्रेसबाट ६५ लाख रूपियाँको सुनको बिस्किटको साथ एक व्यक्तिलाई पक्राउ गरेको छ ।यसरी पक्राउ गरिएको व्यक्तिको पहिचान अगरतला निवासी टोटन साहाको रूपमा गरिएको छ।डीआरआईले बुधवार टोटन साहालाई अगरतला-कोलकाता कञ्चनजंगा एक्सप्रेसबाट एनजेपी स्टेशनबाट पक्राउ गरेको छ। डीआरआई सूत्रहरू अनुसार, बुधवार अगरतला कोलकाता कञ्चनजंगा एक्सप्रेसबाट सुनको तस्करी हुनेछ भनी गुप्त सूचना पाइयो। यही सूचनामाथि काम गर्दै एनजेपी स्टेशनमा कञ्चनजंगा एक्सप्रेस पुग्दा अभियान चलाइयो। यस अवधिमा ट्रेनको बी-५ कोचको सीट नम्बर-१२ मा बसेको व्यक्तिको तलाशी लिइयो। तलाशी लिएको समय व्यक्तिको विशेष कमरबन्द बेल्टबाट १० पीस सुनको बिस्किट उद्धार भयो जसको ओजन एक किलो १६५ ग्राम छ। जसको अनुमानित बजार मूल्य ६५ लाख रूपियाँ मानिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement